ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० बैशाख २३, शनिबार ०९:४८
सांकेतिक तस्वीर

मङ्गलबारे । इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा १८ देखि २० वर्ष उमेर समूहका बिहार बस्ने किसानगञ्जका तोसिव आलम, सोही ठाउँ बस्ने अजि मोदिन, मुजाफर आलम र अब्दुल आलम रहेका छन् ।

स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीका अनुसार सूर्योदय नगरपालिका १० फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो ।