एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक बैशाख २६ गते पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डाहरू तय गर्नेछ । सचिवालय बैठकअघि महासचिव शंकर पोखरेल नेतृत्वको पार्टी केन्द्रीय कार्यालयको बैठक बैशाख २५ मा बस्नेछ ।
एमालेले पार्टी सुदृढीकरण अभियान अन्तर्गत दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सम्पन्न गरेको छ । फागुन ६ गतेदेखि सुरु भएको उक्त अभियान बैैशाख ६ मा सकेर प्रदेशस्तरीय समीक्षा समेत गरिसकेको छ ।
