भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ

तु खबर संवाददाता
२०८० बैशाख १९, मंगलवार ०८:१६
filr-photo

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको भाउको विवरण दिएको छ ।

निगमका अनुसार, पेट्रोल लिटरमा ४ रुपियाँ ३३ पैसा तथा डिजेलमा ४ रुपियाँ ११ पैसा भाउ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य निगमलाई पठाएको हो ।

डिजेल, पेट्रोलको भाउ घटेर आएपनि नेपालमा बिक्री मूल्य घटाउनेबारे निगम कुनै निर्णय लिइसकेको छैन ।