बागमती प्रदेशमा एकैपटक १८ जना कर्मचारी माग

मकवानपुर । बागमती प्रदेशमा एकैपटक ११ औं तहका १८ जना कर्मचारी माग गरिएको छ । बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगले एक सूचना प्रकाशन गर्दै सो बारे जानकारी गराएको हो ।
सह–सचिव स्तरका कर्मचारीहरु प्रदेशका विभिन्न मन्त्रालय, स्वास्थ्य निर्देशनालय, कृषि, अस्पताल निर्देशकका रुपमा नियुक्त गर्ने गरी माग गरिएको हो ।
प्रदेश सरकारको माग भएबमोजिमका कर्मचारीहरु सूचना प्रकाशन गरेर माग गरिएको प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिए ।