सर्पले टोकेर हेटौंडाका कँडेलको मृत्यु

तु खबर संवाददाता
२०८० बैशाख १७, आईतवार १८:३५

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, बस्तिपुरमा आईतबार सर्पले टोकेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय सोनु कँडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, आईतबार कँडेलले घर नजिकै रहेको जङ्गलबाट सर्प ल्याएका थिए । उक्त सर्पलाई घरमा ल्याएर खेलाउने क्रममा सर्पले उनलाई डसेको थियो ।

सर्पको टोकाईबाट बिरामी भएका कँडेलको उपचारको क्रममा हेटौंडा अस्पताल ल्याएकोमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।