गण्डकी प्रदेशका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही बैशाख २१ गते विश्वासको मत लिने भएको छन् । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बैशाख २१ गते अधिवेशन आहन गरेका हुन् ।
सोही दिन मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । बैशाख १४ गते पाण्डे गण्डकी प्रदेशका पाँचौ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सरकार गठन भएको छोटो समयमा नै मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन् ।
