तुलसिमेहर मेमोरियलद्वारा बक्तृत्वकला प्रतियागिताको आयोजना
मकवानपुर । हेटौंडाको तुलसिमेहर मेमोरियल माध्यमिक विद्यालयले विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगीताको आयोजना गरेको छ । विद्यालयले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुक्रबार ‘श्रमको क्षेत्रमा हुने दुव्र्यवहार र अवसरहरु’ शीर्षकमा बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो ।
विद्यालयमा साप्ताहिक रुपमा गराइने अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तर्राष्ट्रिय मञ्जदुर दिवसको अवसर पारी विद्यायलका प्रावि, निमावि, मावि तहको कक्षा ४ देखि ९ कक्षासम्म फरक–फरक तहगत रुपमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा कक्षा ४ देखिनै बोल्ने कलाको विकासका लागि बालबालिकाहरुलाई यस्ता अवसरहरु श्रृजना गरिएको प्राचार्य रघुनाथ खरालले बताए ।
कक्षा १० मा अध्यनरत छात्राहरु एलिजा बञ्जारा र सुविरा राना मगरद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रमलाई कक्षा ४, ५, ६ एक खण्ड र कक्षा ७, ८, ९ लाई अर्को खण्ड गरी विभाजन गरिएको थियो । दुबै समूहमध्ये प्रथम, द्धित्तीय, तृत्तीयमा कसुम कालिराज, दिक्षिता दास, रिद्धीका गिरी रहेका छन् भने अर्को समूह अन्तर्गत स्पन्दन तितुङ, संयोग मोक्तान, विभूती अधिकारी, एलिया राई रहेका थिए ।
विद्यालयका प्राचार्य रघुनाथ खरालको अध्यक्षतामा भएको कार्यक्रममा मुल्याङ्कनकर्ताको रुपमा पहिलो खण्डमा विनिता श्रेष्ठ, विकेश लामा, कविता श्रेष्ठ रहेका थिए भने दोश्रो खण्डमा पुष्पा भट्टराई, उर्मिला देबकोटा, सन्दिप न्यौपाने रहेका थिए ।
कार्यक्रमका विजेताहरुलाई सभाध्यक्ष एवम् प्राचार्य खरालद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षक बिकेश लामा गायन प्रतिभा, कक्षा १० का विद्यार्थी अमोनिका लोप्चनद्वारा नृत्य, बिश्लेष कण्डेलद्वारा गायन अन्य विद्यार्थीहरुले समेत कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

