प्रजातान्त्रिक विचार समाज मकवानपुरको अध्यक्षमा मानन्धर

तु खबर संवाददाता
२०८० बैशाख १७, आईतवार १५:३२

हेटौंडा । प्रजातान्त्रिक विचार समाज मकवानपुरको अध्यक्षमा डाक्टर देवचन्द्र मानन्धर चयन भएका छन् ।
शुक्रवार भएको भेलाले मानन्धरको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा राधाकृष्ण मैनाली, सचिवमा लिलानाथ ढुंगेल, कोषाध्यक्षमा उर्मिला न्यौपाने, सदस्यहरुमा सावित्री अधिकारी, तेज कुमारी थापा, मेघराज फूँयाल, आनन्द खतिवडा, रामआधार पाण्डे, रमाकुमारी चौलागाई र हरेराम आचार्य चयन भएका छन् ।

श्याम सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष डाक्टर इश्वरी लउडरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा समितिका बागमती अध्यक्ष भरतप्रसाद दवाडी, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, समाज मकवानपुर संस्थापक अध्यक्ष केशवप्रसाद काफ्ले, डिएलए मकवानपुर अध्यक्ष कृष्णप्रसाद न्यौपाने, शिक्षक संघ मकवानपुर अध्यक्ष गणेश प्रसाद हुमागाईँलगायतको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष मानन्धर हेटौंडा क्याम्पसका प्रधानाध्यापक हुन् । मानन्धरले सामुदायिक क्याम्पसको संस्थागत विकास तथा शैक्षिक गुणस्तर अभिवृद्धिको सवालमा आवाज उठाउँदै आएका छन् ।