चट्याङ लागेर एक वृद्धको ज्यान गयो

तु खबर संवाददाता
२०८० बैशाख १६, शनिबार १०:२१
file-photo

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गएराति चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ ।

ज्यान गुमाउने सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरिया रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरीका अनुसार, उनलाई घरैमा बसिरहेको अवस्थामा चट्याङ लागेको हो । इलाका प्रहरी कार्यालय तेल्लोकको टोली घटनास्थलमा गएको छ । शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइने छ ।