आजबाट इङवा हाइड्रोपावरको आइपीओ निष्काशन
काठमाडौं । इङवा हाइड्रोपावरले बैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ । कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ जारी गरिसकेको छ ।
कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको हो । जसमा सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् ७४ हजार ६५८ कित्ता र कर्मचारीका लागि २ प्रतिशत अर्थात् २९ हजार ८६३ कित्ता छुट्याइएको छ भने बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस आइपीओमा बैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा बैशाख २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
