उप–निर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना
काठमाडौं । आसन्न बैशाख १० गते आइतबार हुने उप–निर्वाचनका लागि गृह मन्त्रालयका सह–सचिवको नेतृत्वमा उप–निर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको छ ।
उप–निर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ आजदेखि निर्वाचन आयोगमा उप–निर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको हो ।
सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा रहेको उक्त संयन्त्रमा नेपाली सेनाका महासेनानी भेषबहादुर केसी, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक भूमिप्रसाद पाठक रहेका छन् ।
