ट्रकको ठक्करबाट २ जनाको मृत्यु
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको लालबन्दी नगरपालिका– ६ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कालिञ्जोर पुल नजिक भएको दुर्घटनामा महोतरी गौसलाका काका–भतिजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
लालबन्दीबाट रानीगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३९००१ ख ८१५ नं को ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको दघटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक महोतरीको गौसला नगरपालिका– ११ का श्रवणकुमार महतो र भतिज विक्रम कूमार महतो रहेका छन् ।
ट्रक चालक सुनसरीको इटहरी– १० बस्ने अन्दाजी वर्ष ३४ कन जीतेन्द्र चौधरीसहित दुर्घटनामा संग्लग्न ट्रक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
