ए डिभिजन लिगमा आजबाट दसौँ चरणको खेल हुने
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजबाट दसौँ चरणको खेल सुरु हुने भएको छ । जसअनुसार आज दुई खेल हुनेछन् ।
पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो ३ बजे सुरु हुनेछ ।
यस्तै, अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धामा छन् । यी दुई टिमबीचको खेल साँझ ६ बजे दशरथ रङ्गशालामा नै हुनेछ ।
