जङ्गली हात्तीको आक्रमणबाट वृद्धको ज्यान गयो
सिरहा । सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा गएराति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आले मगरको ज्यान गएको हो ।
नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका–१ गुलरियामा एक्कासी हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । आले मगरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान लगिएको छ ।
