आगोले जलेर शाहीको मृत्यु
गुल्मी । गुल्मीमा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सत्यवती गाउापालिका–४ लिम्घा निवासी ७५ वर्षीय लालबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीका अनुसार, घाँस काट्ने क्रममा खरेनमा लागेको आगोमा परी घाइते भएको अवस्थामा उनलाई स्थानीयले फेला पारेका थिए । उपचारको लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रहरीले घटनास्थलको मुचुल्क उठाएर शवलाई पोष्ट मार्टमको लागि श्रृङ्गा स्वास्थ्य चौकीमा ल्याएको घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
