शेयर बजारमा २९ अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ । अघिल्लो दिन एकाएक हरियाली छाएको शेयरमार्केट आज २९ अंकले घटेर १९३४ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २७० कम्पनीको ४९ लाख १० हजार २६० कित्ता शेयर किनबेच हुँदा एक अर्बमाथिको कारोबार भएको छ । यसअघि बुधबार शेयर बजार ४.९३ प्रतिशतले बृद्धि भई ९२.२२ अंकले बढेको थियो भने एक अर्ब ९७ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।
आज नेप्सेमा रहेका १३ वटै उपसूचक राताम्य रहेका छन् । सर्वाधिक आज विकास बैंक उपसूचक २.४८ प्रतिशतले घटेको छ । त्यस्तै, आज उत्पादन तथा प्रशोधन उपसूचक पनि २.३३ प्रतिशतले घटेको छ ।



