पोखरीमा डुबेर किशोरको मृत्यु

तु खबर संवाददाता
२०७९ चैत्र २४, शुक्रबार ०९:१२
file-photo

सर्लाही । सर्लाहीको ईश्वरपुरमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका बलिराम बरहीका १५ वर्षीय छोरा भुवन बरही रहेका छन् ।

उनको स्थानीय पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार, बुधबार दिउँसो एक्लै साइकल चढेर घरबाट निस्किएका भुवन रातिसम्म घर नफर्किएपछि अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए । खोजतलासको क्रममा बिहीबार साँझ पोखरीमा डुबेको अवस्थामा शव फेला परेको हो ।