‘ए’ डिभिजन लिग अन्तरगत आज दुई खेल हुँदै

तु खबर संवाददाता
२०७९ चैत्र २४, शुक्रबार ०८:३१
file-photo

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुने भएको छ । आज एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटार युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

६ खेलबाट १३ अङ्क जोडेको जावलाखेल लिगको शीर्ष स्थानमा छ भने खुमलटार ६ खेलबाट ६ अङ्क जोडेर ११ औँ स्थानमा छ ।

यसैगरी, सोही समयमा च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् ।

मनाङ मर्स्याङ्दी ५ खेलबाट ११ अङ्क जोडेर चौथो स्थानमा छ भने ५ खेलबाट ४ अङ्कका साथ फ्रेन्ड्स भने १२ औँ स्थानमा रहेको छ ।

दुबै खेल खेल अपराह्न २ बजेदेखि सुरु हुनेछ ।