ए डिभिजन लिग अन्तरगत आज दुई खेल हुने

तु खबर संवाददाता
२०७९ चैत्र २३, बिहीबार ०९:३६

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज दुई खेल हुँदै छन् ।

आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्स गरी दुई खेल हुने भएको हो । दुबै खेल आज अपराह्न २ बजेबाट सुरु हुने भएको

एन्फा कम्प्लेक्समा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ भने च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।