एसईई दिने नक्कली परीक्षार्थी पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र २२, बुधबार १५:४०
सांकेतिक तस्बिर

विराटनगर । मोरङबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ परेका छन् । बुधबार अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका वडा नं.५ की २८ वर्षीय सुस्मिता लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनले कल्पना लिम्बूको नामको परीक्षा दिइरहेकी थिइन् । नरग्राम माध्यमिक विद्यालय टंकीसिनवरीकी परिक्षार्थी सिम्बल नं.००९१२४९७ भएकी कल्पनाको परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेकी सुस्मितामाथि अनुसन्धान भइरहेको जनाइएको छ ।