शेयर बजारमा सामान्य अंकको गिरावट
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स ६ अंकले घटेर १८६५ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता शेयर किनबेच हुँदा ९१ करोड ७६ लाख १० हजार रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ७ उपसूचकमा हरियाली छाएको छ भने ६ वटा उपसूचक राताम्य रहेका छन् । सर्वाधिक विकास बैंक उपसूचक ०.३१ प्रतिशतले बढेको छ भने जीवन बीमा उपसूचक ०.८५ प्रतिशतले घटेको छ ।



