राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम

तु खबर संवाददाता
२०७९ चैत्र २०, सोमबार १८:२७

मकवानपुर । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना nगरिएको छ । सहकारीको दिगोपनः स्वनियमन र सुशासन भन्ने मुल नाराका साथ प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो ।

हेटौंडा–४ भुटनदेवी विद्यालयको चौरबाट सुरु भएको प्रभातफेरी पारिजातपथ हुँदै सुमार्गी कम्प्लेक्स चोक पुगेर मेनरोड हुँदै बजार परिक्रमा गरी पल्पसा सदनको सभाहलमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रभातफेरी कार्यक्रममा ६६ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको नेतृत्वमा मकवानपुरका विभिन्न सहकारी संस्थाका सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।