अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाद्वारा दुई जना पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र २०, सोमबार १०:२७

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले १५ हजार रुपैयाँ घुस रकमसहित दुई जनालाई पक्राउ गरेको छ । अख्तियार आयोगले बाराबाट एक जना खरदार र लेखापढी कानून व्यवसायीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मालपोत कार्यालय बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखापढी कानून व्यवसायी गौरीशंकर कुशवाह रहेका छन् ।

जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बाराको कलैयामा स्ट्रिङ अप्रेसन सञ्चालन भएको पुष्टी गरेका छन् । उनले १५ हजार घुस रकमसहित दुई जनालाई पक्राउ गरिएको भएपनि विस्तृत विवरण आउन बाँकी रहेको बताए ।