सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरू आजबाट सुरु हुँदैछन् । सोमबार दुई खेलहरू हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुने भएको छ ।
च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे हुनेछ ।
यस्तै, एन्फा कम्प्लेक्समा संकटा क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । संकटा र खुमलटारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
