प्रतिनिधि सभा सदस्य अन्सारीद्वारा शपथ ग्रहण

तु खबर संवाददाता
२०७९ चैत्र १९, आईतवार १६:०८

काठमाडौं । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीले शपथ ग्रहण गरेकी छन् । उनलाई सभामुख देवराज घिमिरेले आइतबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

समानुपातिक निर्वाचन प्रणालीबाट जसपा नेपालको समावेसी समूह, मुस्लिम–महिलामा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त पदमा जसपाले अन्सारीको नाम सिफारिस गरेको थियो ।

निर्वाचन आयोगले गत चैत्र ६ गते अन्सारीलाई प्रतिनिधि सभा सदस्य निर्वाचित गरेको घोषणा गरेको थियो ।

उनी मधेसी जनअधिकार फोरमको केन्द्रीय सदस्य, उपत्यका ईञ्चार्ज हुँदै अहिले जनता समाजवादी पार्टीको पोलिटब्यूरो सदस्य छन् ।