कर्णालीका मुख्यमन्त्री शर्माले लिए दोस्रो पटक विश्वासको मत

तु खबर संवाददाता
२०७९ चैत्र १७, शुक्रबार १७:५९
file-photo

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले दोस्रो पटक विश्वासको मत लिएका छन् । शुक्रबार प्रदेश सभाको नवौँ बैठकबाट उनले विश्वासको मत लिएका हुन् ।

बैठकमा ३९ जना सांसद सहभागी थिए । तीमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्रै परेको छ ।

उनलाई नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको समर्थन गरेका थिए । राप्रपाका सांसदले भने उनलाई मत दिएनन् ।

उनलाई माओवादीको १३, कांग्रेसको १४, एमालेको ९, समाजवादीको १ र एक जना स्वतन्त्र सांसदको मत प्राप्त भएको हो । यसअघि माघ ६ मा एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गरेका थिए । यद्यपि राप्रपाले समर्थन फिर्ता लिएपनि दोस्रो पटक विश्वासको मत लिएका हुन् ।