एसईईमा सुरक्षार्थ खटेका असईको मृत्यु

तु खबर संवाददाता
२०७९ चैत्र १७, शुक्रबार १६:४३

जनकपुरधाम । महोत्तरीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा खटेका एक असईको मृत्यु भएको छ । मृत्यु हुनेमा असई ललन कुमार राय पटेल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बलवा नगरपालिका वडा नं. १० धमौरा माविमा सुरक्षार्थ खटिएका पटेलको अचानक स्वास्थ्यमा समस्या देखिएको थियो । स्वास्थ्यमा समस्यामा खराबी देखिएपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो ।

उनको सोही अस्पतालमा उपचारको क्रममा बिहान ९ः२५ बजेको समयमा मृत्यु भएको हो । उनको शव पोस्टमार्टम गरी परिवारजनको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।