मन्त्रालयको भागबण्डा टुंग्याउन गठबन्धनको बैठक जारी
काठमाडौं । मन्त्रिपरिषदमा दलहरुले प्राप्त गर्ने मन्त्रालय र संख्या टुंगाउनका लागि दश दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सरकारी निवास बालुवाटारमा जारी छ ।
सत्तारुढ दलका नेताहरुका अनुसार आज नै केही मन्त्रीलाई शपथ गराउने तयारी छ । पूर्ण आकारको मन्त्रिपरिषद् भने मन्त्रालयको भागवण्डा टुंगो लगाएपछि बनाउने सत्तारुढ गठबन्धनको तयारी छ ।
