प्रतितोला एक हजारले घट्यो सुनको भाउ

तु खबर संवाददाता
२०७९ चैत्र १४, मंगलवार १५:२०

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

अघिल्लो दिन प्रतितोला एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख आठ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ छ ।

यसको मूल्य अघिल्लो दिन एक लाख आठ हजार पाँच सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार तीन सय ५५मा आएको महासंघले जनाएको छ ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।