माओवादी नेता पुन स्वदेश फर्कँदै
२०७९ चैत्र १३, सोमबार १५:३८
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व मन्त्री वर्षमान पुन यसैसाता स्वदेश फर्किने भएका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले उनी यसै साता स्वदेश फर्किने भएका हुन् ।
जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप चीन गएका हुन् । अहिले उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भइरहेको उनी निकट एक नेता बताए ।
