२६ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से सूचक आज २६.८७ अंकले घटेर १८८८ को विन्दुमा पुगेर रोकिएको छ ।
आज नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २८ करोड ९३ लाख ७१ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।
नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक म्युचुअल फण्ड सूचक ४.७७ प्रतिशत र माइक्रोफाइनान्स उपसूचक ३.८४ प्रतिशतले घटेको छ ।



