मकवानपुरकी सुमिनाले लगाइन् आफ्नै शरिरमा आगो

तु खबर संवाददाता
२०७९ चैत्र १२, आईतवार १०:०४

मकवानपुर । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्वर–४ छापमा शनिबार साँझ एक महिलाले आफ्नै शरिरमा आगो लगाएकी छन् । स्थानीय ३३ वर्षीया सुमिना डिमडुङकले घरयासी विवादको कारण आफ्नै शरिरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, सुमिनाले घरमा राखिएको एक बोतल डिजेल आफ्नो शरिरमा खनाई आगो लगाएकी हुन् ।

घाइते उनको अवस्थामा अहिले मध्यम रहेको र उनलाई उपचारको लागि किर्तिपुर अस्पताल काठमाडौंतर्फ पठाएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । पछिल्लो समय आफ्नै शरिरमा आगो लगाई आत्महत्याको प्रयास गर्ने क्रम बढ्दै गएको छ ।