आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

तु खबर संवाददाता
२०७९ चैत्र १२, आईतवार ०८:३८
file-photo

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवनमा बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा नेपाली कांग्रेसबाट संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित गणेशप्रसाद विमलीको यही चैत्र ७ गते भएको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय सचिवालयले जनाएको छ ।