मकवानपुरका घलान प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ चैत्र ९, बिहीबार ०९:०८
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–८ चौतराबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले करिब ४५ किलो गाँजासहित बुधबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय ५७ वर्षीय लालबहादुर घलान रहेका छन् । उनले आफ्नै घरमा लागूऔषध गाँजा विक्री वितरण गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले खोजतलासी गर्दा उनको घरबाट उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साथै प्रहरीले उनकै भाइ शेरबहादुरको घरबाट करिब ६३ केजी अवैध लागूऔषध गाँजा बरामद गरेको छ । शेरबहादुर हाल फरार रहेको र उनको खोजी कार्य भइरहेको जनाइएको छ ।