सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी

तु खबर संवाददाता
२०७९ चैत्र १, बुधबार १७:४७
file-photo

काठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ । उपराष्ट्रपतिको निर्वाचन लगायत सरकारको विषयमा सहमति गरेका १० दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट सुरू भएको हो ।

राष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनबाटै ३ जना उम्मेदवार रहेका छन् । सत्तारुढ ठूला दलले जनता समाजवादी पार्टी (जसपा) लाई उपराष्ट्रपति दिने भने पनि जनमत पार्टीले पनि ममता झाको मनोनयन दर्ता गरेको छ ।

जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरेपनि उपराष्ट्रपतिमा महिला नै चाहिने अवस्थाका लागि भनेर प्रमिला कुमारीको पनि मनोनयन दर्ता गरेको छ ।

नेकपा एमालेले भने अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ । उपराष्ट्रपति निर्वाचन चैत्र ३ गते हुँदैछ ।