त्रिविद्वारा समानुपातिक उम्मेदवारको नामावली सार्वजनिक

तु खबर संवाददाता
२०७९ फाल्गुन ३०, मंगलवार १७:१६
file-photo

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पस स्ववियु निर्वाचन समितिले समानुपातिकतर्फको उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

सार्वजनिक नामावली अनुसार, समानुपातिक निर्वाचन प्रणालीको लागि ५० जनाको उम्मेदवारी परेको छ । २१ सदस्यीय स्ववियु समितिमा समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् ।

५० जना उम्मेदवारमध्ये जम्मा ९ जना मात्रै महिला उम्मेदवार रहेका छन् । सबैभन्दा बढी अखिल (क्रान्तिकारी) बाट पाँच जना, अनेरास्ववियुबाट दुई जना, नेविसंघबाट एक जना र नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट एक जना महिलाको उम्मेदवारी परेको छ ।