ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु
धनगढी । कैलालीमा सोमबार साँझ ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको टीकापुर नगरपालिका–१ को ब्लक नम्बर ७ बस्ने तनबिर अन्सारीका १८ महिने छोरा हरिश अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार, सुदूरपश्चिम प्रदेश ०१–००२ त ६४८४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो ।
ट्याक्टर चालक टीकापुर नगरपालिका–२ बस्ने ४५ वर्षीय पर्शुराम चौधरी र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
