एक लाख घुससहित शिक्षा अधिकृत पक्राउ

तु खबर संवाददाता
२०७९ फाल्गुन २५, बिहीबार १७:४९
सांकेतिक तस्बिर

काठमाडौं । ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेल रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

उनले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस गरेको उजुरी अख्तियारमा परेको थियो । योपछि खटिएको टोलीले पौडेललाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।