राष्ट्रपति चयनबारे आवश्यक निर्णय लिन रास्वपाको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ फाल्गुन २५, बिहीबार ०८:२७
file-photo

काठमाडौं । राष्ट्रपति चयनबारे आवश्यक निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक आज बस्दैछ । राष्ट्रपति निर्वाचनका विषयमा अहिलेसम्म नखुलेको रास्वपाले कुन उम्मेदवार मतदान गर्ने भन्ने बारे निर्णय लिने भएको हो ।

पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा निर्णय लिन आज केन्द्रीय समिति बैठक बोलाएको पार्टीका उपसभापति डोलप्रसाद पौडेलले बताए ।

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचनका लागि बिहान १० बजेदेखि ३ बजेसम्म मतदान प्रकृया संचालन हुनेछ ।