जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ फाल्गुन २५, बिहीबार ०८:०१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे सुरु हुने भएको हो । बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक विषयमा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ ।

सत्ता गठबन्धनको भागवण्डामा उपराष्ट्रपति जसपाले पाएको छ । उपराष्ट्रपति पदको निर्वाचन आगामी चैत्र ३ गते हुनेछ ।