गाँजासहित दुई जना मकवानपुर प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ५, प्रहरी चौकी चैनपुरबाट लागऔषध गाँजासहित दुई जना पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा भारत मोतिहारी बिश्रामपुर ग्राम बस्ने १७ वर्षीय दिपु कुमार चौहान र २० वर्षीय बिक्की कुमार चौहान रहेका छन् । उनीहरुलाई प्रहरी चौकी चैनपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पलासेबाट मनहरीतर्फ आउँदै गरेको ना २ ह ५७०१ नम्बरमा सवार दिपु र बिक्कीलाई चेकजाँच गर्दा लागुऔषध गाँजा ४ किलो ६०० ग्राम बरामद भएपछि निजहरुलाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
लागूऔषध गाँजासहित दुबै जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
