बिहीबार २६ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ फाल्गुन १८, बिहीबार १७:००

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक २६ अंकले घटेर १९६९ को विन्दुमा पुगेर रोकिएको छ ।

आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब ३३ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार हुन पुगेको छ ।

त्यस्तै, नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य रहेका छन् । सबैभन्दा बढी माइक्रोफाइनान्स उपसूचक २.६४ प्रतिशत र ब्यापार उपसूचक २.३२ प्रतिशतले घटेको छ ।