बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

तु खबर संवाददाता
२०७९ फाल्गुन १६, मंगलवार १७:१६
सांकेतिक तस्बिर

काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौति नगरपालिका–५ स्थायी बतन भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ बस्ने ५८ वर्षीय रविभक्त सौंजु रहेका छन् ।

प्रहरीका अनुसार, उनी उच्च अदालत पाटनको २०७२ पुस १७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ वर्ष कैद र ८६ लाख ७० हजार ५ सय ३७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थिए ।

उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको जनाइएको छ ।