युकेमा रोजगारीको प्रलोभन दिँदै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । युकेमा रोजगारीको प्रलोभन दिँदै ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य घर भइ हाल काठमाडौंको कालीमाटी बस्ने सुदिश कुमार साह र काभ्रे घर भइ कालीमाटी नै बस्ने सुनिता परियार रहेका छन् ।
उनीहरुले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई साथी बनाउँदै ठगी गर्ने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, उनीहरुले आफू मलेसियाको नागरिक भएको र हाल युकेमा डेन्टिस डाक्टर पेशा गर्ने भन्दै पीडितहरुलाई प्रभाव पार्ने गरेका थिए ।
पीडितहरुलाई सुनिता परियारको नाममा २३ लाख बराबरको रकम पठाउन लगार्इ अनलाईन मार्फत ठगी गरेका थिए । यसबारे ४ जनाको उजुरी परेको भन्दै प्रहरीले अभियुक्तहरुलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको जनाएको छ ।
