मकवानपुरको बागमतीमा आज र भोलि सार्वजनिक विदा

तु खबर संवाददाता
२०७९ फाल्गुन १५, सोमबार ०९:३५

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले आज र भोलि दुई दिन सार्वजनिक विदा दिएको छ । गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको बैठक उक्त निर्णय गरेको हो ।

बैठकले मगर समुदायको ४१ औँ स्थापना दिवस र भोलि माझी समुदायको लदि (कोशी पूजा) पर्वको अवसरमा पालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले जानकारी दिए ।