प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

तु खबर संवाददाता
२०७९ फाल्गुन १५, सोमबार ०८:३६
file-photo

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको प्रनिनिधि सभा सचिवालयले जनाएको छ । उक्त बैठकमा जसपा सांसद शहनाज रहमानको निधनमा शोक प्रस्ताव प्रस्तुत हुनेछ ।

शहनाजको गत शनिबार भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको थियो । उनको निधनमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

शोक प्रस्ताव पारित गरेपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ । यसैबीच आजै दिउँसो साढे १२ बजे राष्ट्रिय सभाको बैठक पनि बस्दैछ ।