बन्धक बनाएको आरोपमा चिनियाँ नागरिक पक्राउ
काठमाडौं । किशोरीहरुलाई बन्धक बनाएको आरोपमा प्रहरीले एक जना चिनियाँ नागरिक पक्राउ गरेको छ । विभिन्न प्रलोभन देखाएर विभिन्न जिल्लाबाट उनीहरुलाई काठमाडौं ल्याएर बन्धक बनाएको आरोपमा चिनियाँ नागरिक याङ लि मिङ पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार, बन्धक बनाएर राखिएको अवस्थामा प्रहरीले ५ जना किशोरीलाई उद्दार गरेको छ । तीमध्ये दुई जनालाई यौन दुर्व्यवहार गरेको आशंका गरिएको छ ।
ललितपुरको गोंगटीमा उनीहरुलाई राखेको पाइएको छ । एक जना किशोरीले परिवारसँग सम्पर्क गरेपछि ब्यूरोसम्म चिनियाँ नागरिकबारे कुरा पुगेको थियो । त्यसक्रममा तीन चिनियाँ नागरिकले विभिन्न प्रलोभन देखाएर किशोरीहरुलाई काठमाडौं बोलाएको पाइएको प्रहरीको भनाइ छ ।
