राप्रपाका मन्त्रीहरुले दिए राजीनामा
काठमाडौं । राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई राजीनामा बुझाएका छन् । प्रधानमन्त्रीसमक्ष राप्रपाको तर्फबाट सरकारमा सहभागी राप्रपाका तीन जना नेताले राजीनामा बुझाएका हुन् ।
राजीनामा बुझाउनेहरुमा क्रमशः उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले रहेका छन् ।
आजै बसेको राप्रपाको कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यस्तै राप्रपाले सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिने भएको छ ।
साथै राप्रपाले प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ ।
