राप्रपा राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपतिको उम्मेदवारको समर्थक र प्रस्तावक नबस्ने निर्णय गरेको छ ।
राप्रपा कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्नेबारे छलफल भएको थियो ।
बैठकले राष्ट्रपतिको कुनै पनि उम्मेदवारको समर्थक र प्रस्तावक नबस्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
