बलात्कार आरोपमा युवक पक्राउ
झापा । झापामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कन्काई नगरपालिका–८ बस्ने ३९ वर्षीय अशोक बराइली रहेको जिल्लल प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार, अशोकले गत पुस २९ गतेदेखि पटक–पटक बलात्कार गरेको भनि ती किशोरीले उजुरी दिएकी थिइन् । सोही उजुरुको आधारमा अशोकलाई र्इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगािड बढाइएको जनाइएको छ ।
